Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २२ साउन २०७७ । एलएलबी प्रथम वर्षको नतिजामा उपस्थित भएको विषयमा अनुपस्थित देखिएको र परीक्षा नै नदिएको विषयमा भने उत्तीर्ण भएको नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् ।

क्याम्पस प्रशासन र परीक्षा नियन्त्रण कार्यालयको गम्भीर लापरबाहीको मारमा भने विद्यार्थीहरु परेका छन् ।

त्रिभुवन विश्वविद्यालयको एलएलबी प्रथम वर्षको नतिजामा विद्यार्थी उपस्थित रहेको विषयमा अनुपस्थित रहेको र परीक्षा नै नदिएको विषयमा भने उत्तीर्ण भएको नतिजा आएपछि ल क्याम्पसका विद्यार्थीहरु अन्योलमा परेका छन् ।

नेपाल ल क्याम्पसका विद्यार्थीहरुले धेरैजनाको नतिजा यस्तै त्रुटिपूर्ण रहेको बताएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीको विरोध गर्दै विद्यार्थी संगठनहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको जनाएका छन् ।

नतिजा नै त्रुटिपूर्ण आउनु क्याम्पस प्रशासन र परीक्षा नियन्त्रण कार्यालयको गम्भीर लापरबाही रहेको उनीहरुको भनाइ छ ।

अहिलेसम्म कतिजना विद्यार्थीको नतिजामा त्रुटि देखियो भन्ने एकीन तथ्यांक न क्याम्पससँग छ न त परीक्षा नियन्त्रण कार्यालयसँग नै ।

परीक्षा नियन्त्रण कार्यालयले भने नतिजामा कुनै त्रुटि भए सच्याइने र एसएमएसबाट कहिले–काहीँ त्यस्ता त्रुटि हुने भएकोले मार्कसिट प्रिन्ट हुँदा त्यसको समाधान गरिने जनाएको छ ।

परीक्षामा अनुपस्थित विद्यार्थीको पनि उपस्थित देखिएर नतिजा आएमा त्यो स्वतः रद्द हुने कार्यालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका छओटा आंगिक र एउटा सम्बन्धनप्राप्त क्याम्पसबाट एलएलबी प्रथम वर्षमा १४ हजार ९९९ जना परीक्षामा सम्मिलित भएकोमा ल क्याम्पसबाटै नौ हजार १३ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए ।इमेज

तपाईको प्रतिक्रिया