शुक्रबार, चैत्र १०, २०७९
Friday, March 24, 2023

गाैरीगंज , २२ साउन २०७७  / गाैरीगंज गाउँपालिका वडा नं १ काे वडा कार्यलयले किसानलाई स्प्रे टेंकी र ब्यापारीहरुलाई डस्टबिन वितरण गरेकाे छ।

वडा कार्यलयले वडा भित्रका ४० जना किसान र कुन्जिबारि बजारमा व्यावसाय गर्ने ५० जना ब्यापारीहरुलाई डस्बिन बितरण गरेकाे छ। गौरीगंज गाउपालिका वडा नं -१ मा बसाेवास गर्ने अधिकांश मानिसहरु खेती गर्ने किसान रहेकाले उनीहरूलाई कृषि पेशाप्रती आकर्षण बढाउन वडा कार्यलयले स्प्रे ट्याङकी बितरण गरेकाे वडा नं -१ का वडाध्यक्ष कार्तिक लाल राजवंशीले जानकारी गराए।

किसानहरुलाई खेती गर्दा खेतवारीमा किटनाशक औषधि र पाेषणयुक्त भिटामिन छिट्न स्प्रे ट्याङ्की प्रयाेग गरिने भएकाले यश पटक ४० जना किसानहरुलाई ट्याङ्की वितरण गरिएको वडाध्यक्ष राजवंशीले बताए।वडा कार्यालयकाे वार्ड सिलिङ बजेटबाट किसानलाई बितरण गरिएकाे स्प्रे ट्याङ्की १५ लि. क्षमता भएकाे वडा सदस्य जानुका गौतमले जानकारी गराईन।

साहि अवसरमा वडा कार्यालयले गौरीगंज गाउँपालिका वडा नं -१ मा पशु बजार समेत रहेकाे कुञ्जीवारी बजारमा व्यावसाय गर्ने व्यापारीहरूलाई डस्टविन वितरण गरेकाे छ। बजार क्षेत्रलाई सफा, सुन्दर र प्रदुषणरहित बनाउन वडा कार्यलयले बजार क्षेत्रका ५० जना व्यापारीलाई डस्टबिन गरेकाे छ।

बजार क्षेत्रमा पसलकाे अगाडि डस्बिन राखेपछि पसलबाट निस्कने फाेहाेर बस्तुहरु डस्बिनमा राखेपछि बजार सफा रहने वडा सदस्य टंक श्रेष्ठले बताए। सबै पसलका अगाडि डस्बिन राखिएकाले त्यसकाे प्रयाेग गरि जताततै फाेहाेर नफाल्न वडाध्यक्ष राजवंशीले अनुराेध गरेका छन।

तपाईको प्रतिक्रिया