Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २२ साउन २०७७ । झापामा आज थप ८ जनामा कोरोना संंक्रमण पुष्टी भएको छ । ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका आठ जनामा संक्रमण पुष्टी भएको बताए ।

भारतबाट फर्किएका दश वर्षीया बालिकासहित २५ वर्षभन्दा माथिका सात जना पुरुष गरि आठ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । उनिहरु सबै मेचीनगर नगरपालिकाका रहेको चम्लागाईले बताए ।

उनीहरुलाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको जनाइएको छ । योसँगै झापामा कोरोना संक्रमितको कुल संख्या ३९१ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ३४० पुगेको छ ।

तपाईको प्रतिक्रिया