Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झगेन्द्र खड्का
गौरादह, २१ साउन २०७७ / गौरादह नगरपालिका भित्र रहेका साप्ताहिक र अर्ध साप्ताहिक हाटबजार बन्द गरिने भएको छ । काेराेना भाइरस संक्रमण तिब्र रुपमा फैलिने क्रममा रहेकाले नागरिकहरलाई संक्रमणबाट जाेगाउन अर्काे सूचना प्रकाशन नहुन्जेल सम्म भोलि २२ गते बिहिवारबाट बजार बन्द गर्ने नगरपालिकामा भएकाे सर्वपक्षीय भेलाले निर्णय गरेकाे हो।

नगरपालिकामा आज भएकाे सर्वपक्षीय भेलाले सागसब्जी पसल, औषधि पसल, तथा भिडभाड नहुने पसलहरु खुल्ला रहने छन। लकडाउन हटे सँगै हाट बजारकाे दिन बाहिय ब्यापारीहरु ब्यापार गर्न आउन थालेकाे र ग्राहकहरु पनि सामाग्री किनमेल गर्न बजारमा आउदा संक्रमणकाे खतरा बढ्न सक्ने भएकाले बजार क्षेत्रमा हुने भिडभाड नियन्त्रणका लागि अर्काे सूचना प्रकासन नहुन्जेल सम्म बजार बन्द गर्ने निर्णय गरेकाे गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले जानकारी गराए।गौरादह नगरपालिकामा भएकाे सर्वपक्षीय भेलामा बजार व्यवस्थापन समिति, गौरादह उद्योग बाणिज्य संघ, जनप्रतिनिधि, प्रहरी र पत्रकार सहभागीता रहेकाे थियाे।

सर्वपक्षीय भेलाले २५ गते आइतबारदेखि गौरादह नगरपालिका भित्रकाे ठूलो बजार गौरादहमा संचालन हुने तरकारी बजारलाई गौरादह -२ मा रहेकाे कृषि थाेक केन्द्रमा स्थानान्तरण गरिने पनि निर्णय गरेकाे छ। काेराेना भाइरस संक्रमणबाट नागरिकहरुलाई सुरक्षित रहन आग्रह गर्दै सर्वपक्षीय भेलाले मास्ककाे अनिवार्य प्रयाेग गर्न र भिडभाडमा नजान अनुराेध गर्दै स्मार्ट लकडाउनकाे पुर्ण रुपमा पालना गर्न सबै नागरिकहरुलाई अनुराेध गरेकाे नगरप्रमुख शाहले बताए।

बजार क्षेत्रमा हुने गरेकाे भिडभाड नियन्त्रण गरि काेराेना भाइरसबाट सुरक्षित हुन सर्वसाधारणलाई अनुराेध गर्दै बजार बन्द गर्ने निर्णय गरेपनि बजार क्षेत्रमा रहेका अति आवश्यक पसल, औषधि पसलहरु संचालनमा आउने गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जित बहादुर कार्कीले जानकारी गरए।

विश्वब्यापी फैलिएकाे काराेना भाइरसबाट सुरक्षित हुन नागरिक पनि सचेत हुनु पर्ने धारणा राख्दै उपप्रमुख गिता भेट्वालले भिडभाडमा नजान र आफू सुरक्षित हुन सबै नगरबासिमा अनुराेध गरेकि छन।

तपाईको प्रतिक्रिया