शनिबार, चैत्र ११, २०७९
Saturday, March 25, 2023

गौरादह, २० साउन २०७७ । झापाको गौरादह नगरपालिकाले प्राविधिक सहायक पदमा करारमा पदपूर्ती गर्नेगरी कर्मचारी माग गरेको छ । नगरपालिकाको वेबसाइटमा साउन २० गते प्रकाशित सूचना अनुसार स्थानीय सेवाको पाँचौं तह सरह हुनेगरी एक जना कर्मचारी माग गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय(प्रधानमन्त्री रोजगार कार्यक्रम)को  गौरादह नगरपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि प्राविधिक सहायक पदमा करारमा पदपूर्ती गर्न सिभिल ईन्जिनियरिङमा प्रविणता प्रमाणपत्र वा ओभरसियर वा डिप्लोमा तह उत्तिर्ण गरी १८ बर्ष उमेर पूरा भई ४५ बर्ष ननाघेको नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्रमा दरखास्त पेश गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ । योग्य उमेद्दारले भदौ २ गते सम्ममा दरखास्त पेश गर्न सक्ने छन् ।

तपाईको प्रतिक्रिया