Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २० साउन २०७७ । झापामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा मा १ जना, कोशी अस्पताल प्रयोगशाला विराटनगरमा ३ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको बताए ।

संक्रमण पुष्टि हुनेमा कचनकवलका ३ जना, भद्रपुरका १ जना, गौरीगंजका २ जना र दमकका २ जना गरि ८ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

उनिहरु २० देखि ४४ वर्षका पुरुषहरु रहेको बताइएको छ । उनिहरु सबै भारतबाट आएका थिए । उनीहरुको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार हुने चम्लागाईंले बताए । यो सँगै झापामा संक्रमित हुनेको कुल संख्या ३ सय ८३ पुगेको चम्लगाईले बताए ।

तपाईको प्रतिक्रिया