Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, १९ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ४ सय १८ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ३ सय ५८ जना रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ९ सय ६१ जना पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ६ सय ३७ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट ३ लाख ९८ हजार ९ सय ७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १० हजार ४ सय ५२ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार ७ सय ३२ जना उपचाररत रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म सक्रिय संक्रमितमा प्रदेश १ मा २ सय ९०, प्रदेश २ मा २ हजार ३ सय ५७, बागमति प्रदेशमा ६ सय ५१, गण्डकी प्रदेशमा २ सय ७२, प्रदेश ५ मा ३ सय १५, कर्णाली प्रदेशमा २ सय ९८ र सुदुर पश्चिम प्रदेशमा १ हजार ५ सय ४९ संक्रमित रहेका छन् ।

यसैगरी हालसम्म भोजपुर,संखुवासभा, मनाङ र मुस्ताङ गरी ४ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ रहेको छ ।

तपाईको प्रतिक्रिया