Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठ्माडौं, १८ साउन २०७७ । जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

आइतबारको मौसम पूर्वानुमान जारी गर्दै मौसम विज्ञान विभागले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु बर्षा भइरहेको जानकारी दिएको छ ।

आइतबार दिउँसो दशैभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

साथै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका र एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै राति, देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै प्रदेश १ र गण्डकी प्रदेश एकदुई स्थानमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया