मोरङ, १८ साउन २०७७ । नेपाल चिकित्सक संघ कोसी अञ्चल समितिले विराटनगरमा चिकित्सक तथा स्वाथ्यकर्मीहरूमा कोरोना संक्रमण भएकाले सबै अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष डा।फरवार्ड सिलवालले शनिबार विज्ञप्ति जारी गरी महानगरका सम्पूर्ण अस्पताल, नर्सिङ होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकहरूमा समेत आकस्मिक सेवाबाहेकका सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत बिरामीहरूलाई स्वास्थ्य परामर्श प्रदान गर्न पनि चिकित्सकहरूलाई आग्रह गरिएको छ । आकस्मिकबाहेक अन्य सेवाका लागि अस्पताल नजान पनि सर्वसाधारणलाई आग्रह गरिएको छ । महानगरमा तीव्र गतिमा फैलिएको कोभिड–१९ संक्रमणको शृंखला तोड्नका लागि गरिएको लकडाउन पूर्ण पालना गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

Comments