Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, १४ साउन २०७७ । जिल्ला प्रहरी कार्यालय झापाले मास्क नलगाई बजार, चोकमा खुलेआम हिँड्ने व्यक्तिहरुलाई अब एक सय रुपैयाँ जरिवाना  गर्ने भएको छ । गृहमन्त्रालयले कोभिड-१९ को संक्रमण फैलिन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई १०० जरिवाना गर्न गत असार २२ गते निर्देशन दिएको थियो ।

कोभिड-१९ को बढ्दो संक्रमणलाई नियन्त्रण गर्न डिसिसिएमसि झापाले साउन १४ गते गरेको निर्णयअनुसार स्वास्थ्य सुरक्षाका मापदण्डहरु सबैले पालना गर्नुपर्ने, न्यूनतम २ मिटरको सामाजिक दुरी कायम गरि मास्क लगाउनुपर्ने र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने जनाइएको छ ।

यस्तै, संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम सार्वजनिक स्थलमा रहंदा वा हिंडडुल गर्दा मास्क नलगाउने व्यक्तिलाई १०० जरिवाना गरिने सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको हस्ताक्षरित सूचना जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया