Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १३ साउन २०७७ । विश्व हिन्दु महासंघको पदाधिकारी र आफूलाई युट्युबर बताउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शिवाकोटीलाई गत असार १४ गते काठमाडौंको बानियाँटार घरबाट पक्राउ गरेको थियो ।

३८ वर्षीय शिवाकोटीलाई काठमाडौंका दुई किशोरीलाई बलात्कार गरेको अभियोग लागेको छ ।

‘मेकिङ नेपाल’ युट्युव च्यानलका संचालक शिवाकोटीले १४ बर्षीया किशोरीलाई बिगत २०७६ साल असोज देखि डर त्रास देखाउदै यौन शोषण गर्दै आइरहेका थिए । इमेज

तपाईको प्रतिक्रिया