Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरीगंज, ११ साउन २०७७ । गौरीगंज गाउँपालिकाले आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। गौरीगंज गाउँपालिकामा पत्रकार सम्मेलन गरि गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले आ.व. २०७७/०७८ का लागि आम्दानी तर्फ अनुमानित कुल ४२ करोड ७२ लाख १३ हजार १ सय २० र खर्च तर्फ ४६ करोड ५१ लाख ५० हजार को बजेट सार्वजनिक गरेका छन।

गाउँपालिका अध्यक्ष श्रेष्ठले सार्वजनिक गरेको प्रतिबेदन अनुसार यस आर्थिक बर्षमा ३ करोड ७९ लाख ३६ हजार ८ सय ८० रुपैयाँको घाटा बजेट सार्वजनिक गरेका छन। गाउँपालिकाले आम्दानी तर्फ आन्तरिक राजस्वबाट १ करोड ७० लाख, राजस्व बाँडफाँड ८ करोड ३३ लाख ९ हजार १ सय २०,बितिय हस्तान्तरण ३३ करोड ३२ लाख ४ हजार सहित कुल जम्मा ४२ करोड ७२ लाख १३ हजार १ सय २० रहेको प्रतिबेदन सार्वजनिक गरेका छन।

त्यसै गरि खर्च तर्फ कार्यलय चालू खर्च ६ करोड ६३ लाख, पुजिगत तर्फ १ करोड ७० लाख र अन्य बिषयगत क्षेत्र र बिबिध कोषका लागि ३८ करोड १८ लाख ५० हजार सहित कुल ४६ करोड ५१ लाख ५० हजार खर्च हुने अनुमानित बजेट सार्वजनिक गरेका छन।अध्यक्ष श्रेष्ठले आ.ब. २०७७/०७८ का लागि गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन।

गौरीगंज गाउँपालिकाले नीति तथा कार्यक्रममा कृषि,पशु, स्वास्थ्यलाई प्राथमिकतामा राखि उपलब्ध स्रोत साधनका आधारमा भौतिक पुर्वाधार र शिक्षा क्षेत्रलाई विशेष महत्व दिएको छ। गाउँपालिकाले पशुजन्य व्यावसायका लागि १।५ करोडका लागि ५ प्रतिशत ब्याज अनुदान दिइने, एक वडा एक वालि उत्पादन कार्यक्रमका लागि बजेटको ब्यबस्था गरि कार्यबिधि बनाई कार्यक्रम कार्यान्वयन गरिने, बेसार अदुवा लसुन र प्याज जस्ता बालि उत्पादन बढाई अन्य क्षेत्रमा समेत आपूर्ति गर्ने लक्ष्य राखेको छ।

गाउँपालिका भित्र बसोवास गर्नेहरुलाई एक घर एक दुधालु गाई कार्यक्रमलाई कार्यन्वयन गर्न मिल्क क्यान र मदानी बितरण गर्ने।पशु नस्ल सुधार कार्यक्रमलाई प्राथमिकता दिने। पशु बिमा गरिने, प्राथमिक स्वास्थ्य केन्द्रमा एम.बि.बि.एस डाक्टरको ब्यबस्था गर्ने लगायतका नीति तथा कार्यक्रममा समेटिएको छ।

सार्वजनिक गरेको नीति कार्यक्रमको प्रतिबेदन अनुसार यस बर्षबाट गाउँपालिकाले बिकास निर्माणका काममा रकमान्तर गर्न रोक लगाउने भएको छ। सोहि कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले कोरोना भाइरस संक्रमण नियन्त्रणमा गाउँपालिका तथा दाता महानुभाव र संघ संस्थाबाट आएको सहयोग र खर्चको बिबरण सार्वजनिक गरेका छन।अध्यक्ष श्रेष्ठले सार्वजनिक गरेको कोरोना भाइरस नियन्त्रणको आम्दानी तर्फ ९० लाख ८५ हजार ५ सय ७६ र खर्च तर्फ १ करोड ७४ लाख ३ हजार ८ सय ५ रहेको जानकारी गराए।

तपाईको प्रतिक्रिया