Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

अनलाईनविचार
गौरादह, ११ साउन २०७७ । झापाको गौरादह क्षेत्रबाट कक्षा ११-१२ मा विज्ञान संकाय अध्ययनको लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । गौरादह नपा – १ मा अवस्थित जनता माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रबाट विज्ञान संकायको पठनपाठन सुरु हुने भएपछि घरकै खाना खाएर यस क्षेत्रका विद्यार्थीले विज्ञान विषय पढ्न पाउने भएका हुन् ।

गौरादहमा विज्ञान संकायको पठनपाठनले गौरादह नगरपालिका, कमल गाउँ पालिका तथा गौरीगंज गाउँपालिकाका कक्षा १० उत्तिर्ण विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने छन् । लामो अनुभव भएका दक्ष र तालिम प्राप्त शिक्षक तथा सिकाई वातावरणमा पठनपाठन हुने भनेर विद्यालयले विद्यार्थी भर्नाको प्रचारप्रसार समेत सुरु गरिसकेको छ ।

वाणिज्यशास्त्र(कम्प्युटर विज्ञान), शिक्षाशास्त्र र कम्प्युटर इन्जिनियरिङ संकाय संचालन भैरहेको यस विद्यालयमा यसै शैक्षिक सत्रबाट विज्ञान संकाय संचालन हुने भएको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

विद्यालयका प्रधानाध्यापक बुद्धिमान कार्कीका अनुसार पाँच बर्ष अगाडिदेखि प्राविधिक धार तर्फ कम्प्युटर इन्जिनियरिङ समेत पढाइ भैरहेको यस विद्यालयमा विज्ञान समूह संचालन गर्न अत्याधुनिक प्रयोगशालाको निर्माण सम्पन्न भैसकेको छ ।
कम्प्युटर इन्जिनियरिङ तर्फ कक्षा ९ देखि १२ तथा विज्ञान समूहमा कक्षा ११ र १२ को पठनपाठनका लागि डिजिटल बोर्ड सहितको स्मार्ट कक्षाकोठाहरु तयार गरी पूर्ण प्रविधिमैत्री सिकाई वातावरणको समेत व्यवस्था गरिएको प्रधानाध्यापक कार्कीले बताए ।

उनका अनुसार गौरादह क्षेत्रको आवस्यकता तथा विाद्यार्थी र अभिभावकहरुको मागमा आधारित भएर अंग्रेजी माध्यमबाट पठनपाठन गर्नेगरी विज्ञान संकायमा विद्यार्थी भर्ना आवहान गरिसकिएको छ ।

विज्ञान संकाय संचालन गरेर देशको विकास र समृद्धिका लागि दक्ष, सिपयुक्त, सक्षम र ब्यवहारिक ज्ञान भएको जनशक्ति तयार गर्न विद्यालय निरन्तर लागिपरिरहेको विद्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष श्याम पोखरेलले बताए । उनले विद्यालयलाई राम्रो मात्र नभएर उत्कृष्ट बनाउँने लक्ष्य लिएको बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

प्राविधिक धार तर्फ कम्प्युटर इन्जिनियरिङले शिक्षामा ठूलो आर्थिक लगानी गर्न नसक्ने वर्गका परिवारका विद्यार्थीहरुले निःशुल्क प्राविधिक शिक्षा पाउने अवसर भएको र कक्षा १० पासर गरेका विद्यार्थीले सब–ओभरसियर सरह मान्यता पाउने साथै कक्षा १२ पास गरेकाले सब–इन्जिनियर सरहत मान्यता पाउने विद्यालयका कम्प्युटर प्रशिक्षक इन्जिनियर मोहन ओझाले बताए ।

विज्ञान संकाय संचालनले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी तथा समुदायमा पनि गुणस्तरीय शिक्षाको लागि थप उर्जा र हौसला थपिएको इन्जिनियर ओझाले खुशी ब्याक्त गरे ।

तपाईको प्रतिक्रिया