Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ९ साउन २०७७ । झापाको मेचीनगरमा खुकुरी प्रहारबाट एकजना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–२ निवासी ५० वर्षीय नारायण आचार्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई अज्ञात समूहले शुक्रबार अपराह्न ४ बजेतिर खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका आचार्यलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया