Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ९ साउन २०७७ । झापामा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले झापाका २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको बताए ।

कोभिड-१९ पुष्टी हुनेमा २४ जना पुरुष र १ जना महिला गरि २५ जनामा संक्रमण पुष्टी भएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चम्लागाईंले जानकारी दिए ।

१८ जना काँकडभिट्टामा कार्यरत एपीएफ रहेका छन् जसमा १ जना महिला एपीएफ रहेकी छिन् भने अरु ७ जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका रहेका छन् ।
जसमा बिर्तामोड का १ जना पुरुष, बाह्रदशी गाउँपालिकाका ३ पुरुष र झापा गाउँपालिकाका ३ पुरुषमा संक्रमण पुष्टी भएको हो । उनिहरु साउदी, दुवई र भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए । यसअघि पनि २ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

तपाईको प्रतिक्रिया