Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ८ साउन २०७७ । कक्षा ११ मा कम्तीमा डी प्लस ग्रेड ल्याउने विद्यार्थीले मात्र १२ कक्षाको परीक्षा दिन पाउने गरि राष्ट्रिय परीक्षा बोर्डले कार्यविधी तयार पारेको छ ।

कक्षा ११ को अन्तिम परीक्षा संचालनको अधिकार विद्यालयलाई नै दिने सरकारी निर्णय पश्चात बोर्डले सो नियम सहितको कार्यविधी तयार पारेको हो । सो कार्यविधी चालु आर्थिक वर्ष देखी नै लागु हुने बोर्डको कक्षा १२ तर्फका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए ।

कक्षा ११ को परीक्षा संचालन, व्यवस्थापन, मुल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधी २०७७ अनुसार परीक्षा सम्बन्धी सम्पु्र्ण जिम्मेवारी विद्यालयलाई दिइएको छ । विद्यार्थीले पुनर्योग वा उत्तरपुस्तिका हेर्न चाहेमा विद्यालयले नै सहजीकरण गर्ने छन् । विद्यार्थीले पाएको अंकं तथा मुख्यांकन समेत बोर्ड पठाउनु नपर्ने भएको छ ।

यद्यपी कक्षा १२को परीक्षाका लागि फारम भर्दा कम्तीमा डी प्लस ग्रेड पाएका विद्यार्थीलाई मात्र सहभागी गराउन कार्यविधीले निर्देश गरेको छ । विद्यालयको परीक्षामा डी प्लस नल्याउने विद्यार्थीलाई पुन मौका परीक्षा लिइने कार्यविधीमा उल्लेख गरिएको छ । सो मौका परीक्षामा पनि ग्रेड बृद्धि गर्न नसक्नेलाई कक्षा १२को बोर्ड परीक्षामा सहभागी हुन पाउने छैनन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया