Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

पर्सा, ८ साउन २०७७ । पर्साको वीरगञ्जमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँको मृत्यु भएपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

उहाँ गण्डक अस्पतालमा भर्ना हुनुभएको थियो । पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

यो सँगैं नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उहाँ निमोनियावाट ग्रसित हुनुहुन्थ्यो । सास फेर्न गाह्रो भएपछि उहाँलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र सोही दिन साँझ उहाँको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया