Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ८ साउन २०७७ । केही दिन यतादेखि सरकारी मोटरसाइकलको पछाडी बसेकी युवतीले लगाएको पहिरनको तस्वीर सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

प्रदेश–३–०२–००१ब–१४१२ नम्बरको मोटर साईकलमा सवार चालक युवक र ती युवती दुवै सरकारी जागिरे भएका कारण पछाडीबाट कसैले खिचिदिएको उक्त तस्वीरले यतिबेला ट्वीटरमा बहसको विषय बन्न पुगेको हो ।

सरकारी कर्मचारीले लगाउने ड्रेस र उनीहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको विषय भन्दा पनि ती युवतीले ढाड देखिनेगरी लगाएको पहिरनका कारण सामाजिक संजाल तत्न पुगेको हो ।

सरकारी कर्मचारी भएका कारण ती युवतीले ‘ड्रेस कोड’मा ध्यान दिनुपर्ने र अमर्यादित रुपमा प्रस्तुत हुनु दुर्भाग्यपूर्ण भन्दै आलोचना भइरहे पनि सामाजिक संजाल प्रयोगकर्ता र महिला अधिकारवादीहरुले उक्त प्रसगलाई नारी अधिकारसँग जोडेर ट्वीटरमार्फत ब्यङग्यात्मक तरिकाले विरोध जनाइरहेका छन् ।

कतिपयले त ‘मैंले लगाएको लुगाले तपाईंले तपाईं, म र म बस्नें समाजका लागि खड़ा गरेको मर्यादा, संस्कार र पितृसत्ताको पर्खाल भित्र पर्दैन भनें त्यो मेरो समस्या होइन।’ भन्ने जस्ता अभिब्यक्तिहरु दिइरहेका छन् ।

किनकी महिलाको पहिरनलाई सामाजिक मर्यादासँग जोडिएपछि सामाजिक सञ्जालमा यसको विरोध हुन थालेको हो ।

विरोधमा कतिपय महिलाले खुला ढाड देखिएका, खुला ढाडमा विभिन्न नारा लेखिएका तस्वीरलाई प्रोफाइल फोटोसमेत बनाएका छन् । कतिले चित्रकला, उदगार लगायत असहमतिका विभिन्न शैली पछ्याएका छन्।इमेज

तपाईको प्रतिक्रिया