Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ७ साउन २०७७ । झापामा मंगलबार थप दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले झापामा थप दुईजनामा संक्रमण पुष्टी भएको जानकारी दिए । झापामा कार्यरत् दुईजना प्रहरीजवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकडभिट्टामा कार्यरत् दुई प्रहरीजवानमा कोरोना संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाको मंगलबारको रिपोर्टअनुसार उनीहरुमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिए ।

संक्रमित दुवैजनालाई उपचारका लागि मोरङको गोठगाउँ लगिएको चम्लागाईंले बताउनुभयो ।

तपाईको प्रतिक्रिया