बुधबार, चैत्र ०८, २०७९
Wednesday, March 22, 2023

गौरादह, ६ साउन २०७७ । सुरक्षित महिनावारी व्यवस्थापन सम्बन्धी सचेतना जगाउँदै झापाको गौरादह र कमल गाउँपालिकाका महिलाहरुलाई प्याड वितरण गरिएको छ । गौराहद नगरपालिका-२ र कमल गाउपालिका-१ सरङपाडाका महिलाहरूलाई पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड बितरण गरिएको छ । गौरादह साना किसानको सभाहल मा ३० जना र सरङपाडाको नरेन्द्र जनता उच्च मा.वि मा २६ जना किशोरि तथा महिलाहरुलाई निशुल्क प्याड बितरण गरिएको हो।

अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै महिलाहरुलाइृ महिनावारी भनेको के हो ? महिनावारीको समयमा महिलामा हुने विभिन्न समस्या ? महिनावारी हुनु अगाडी देखिने सामान्य लक्षण, महिनावारी हुँदा कसरी सरसफाइमा ध्यान दिने र प्याड लगाउने तरिकाको बारेमा जानकारी दिइएको थियो ।

इमरजेन्सी रेस्पोन्स सेन्टर झापा, परिवर्तनको शुरुवात, भिजिबल इम्प्याक्ट, रोटरयाक्ट क्लब अफ बिर्तामोड मिडटाउन, ग्रिन इन्टरनेसनल क्लब झापा, सोसल नेटवर्क फर जस्टीस एण्ड डेभलप्मेण्ट, एफ.पी.एन झापा, स्टार्टअप रुम नेपाल लगायतको सहकार्यमा कार्यक्रम गरिएको आपतकालिन प्रतिकार्य केन्द्र प्रदेश नं १ का फोकल पर्शन दिपक दाश तथा झापा फोकल पर्शन बिज्ञानराज पौडेल ले जानकारि गराउनुभयो।

गौरादहमा तारा भुजेल र शौरभ न्यौपाने तथा कमलगाउँपालिकामा सागर सहयात्रि,शारदा पौडेल र ईन्दिरा डांगि ले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो भने विविशा बुढाथोकि र दिक्षा थपलिया ले महिलाहरुसंग अन्तरक्रिया गर्नुभएको कार्यक्रममा स्टार्टअप रुम नेपालका संस्थापक द्वारिका निरौला र अमुल खनाल को पनि उपस्थिति रहेको थियो।

सातै प्रदेश ७७ वटै जिल्ला को ४०० भन्दा बढि पालिकाहरुमा २५०० भन्दा धेरै भोलेन्टियर्सहरु भएको इआरसी ले रक्तसंचार,औसधि, लकडाउन मा फसेका को उद्दार, होल्डिङ पोईन्ट र क्वारेन्टाईन मा निशुल्क सिम तथा प्याड बितरण लगायत अन्य थुप्रै कामहरु गरिरहेको कुरा इआरसी कमल गाउँपालिका १ का संयोजक सागर सहयात्रि ले जानकारि दिनुभयो।

 

तपाईको प्रतिक्रिया