Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, ५ साउन २०७७ । झापाको दमकमा रहेको कारितास नेपालले सोमबार (आज) एक कार्यक्रमका बिच विविध स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कारितास नेपालको शाखा प्रमुख देवेन्द्र पोखरेल र एन.एल.आर.पि कार्यक्रमका विभागिय प्रमुख उमेस ढकालले संयुक्त रुपमा गौरादह नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकामा कोभिड-१९ जाँचका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण गरिएका सामग्रीहरुमा गौरादह नगरपालिकालाई पूनः प्रयोग गर्न सकिने उच्चस्तरीय पीपीइ १० थान, एन-९५ मास्क ४५ थान, सेनिटाइजर ४५ थान, पञ्जा ५० जोर, ग्लुसर लिक्विड १२ लिटर, पञ्जा ५० जोर, पीपीइ सँग प्रयोग गरिने सम्पूर्ण सामग्री १० सेट र थर्मलगन २ थान लगायतका स्वास्थ्य सामग्रीहरु गौरादह नगरपालिकाका प्रमुख रोहित कुुमार शाहलाई हस्तान्तरण गरिएको कारितास नेपालको सिनियर आइ.पि.एम टेक्निसियन टंक प्रसाद कट्टेलले जानकारी दिए ।

यस्तै, दमक नगरपालिका-१० को वडा कार्यालयलाई पनि आज नै ४ सेट पीपीइ, त्यसलाई आवश्यक पर्ने सामग्री, एन-९५ मास्क ४५ थान, सेनिटाइजर ४५ थान, पञ्जा ५० जोर र २ थान थर्मलगन दमक नगरपालिकाका वडा का निमिक्त प्रमुख बालकृष्ण न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।

यस्तै, कमल गाउँपालिका मा पनि आज नै ४ सेट पीपीइ, त्यसलाई आवश्यक पर्ने सामग्री, एन-९५ मास्क ४५ थान, सेनिटाइजर ४५ थान, पञ्जा ५० जोर र २ थान थर्मलगन कमलगाउँपालिका अध्यक्ष मेनुका काफ्लेलाई हस्तान्तरण गरिएको छ ।

प्राप्त सामग्रीहरुबाट हालको कोभिड-१९ सम्बन्धित जाँच, सुरक्षा प्रबन्ध र तयारीमा सहयोग पुग्ने जनाइएको छ ।

यस्तै, सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको कारितास नेपालले कमल गाउँपालिका वडा नं. २ को आइ.पि.एम कृषि सहकारी संस्थालाई आज नै डेढ लाख मूल्य बराबरको प्राङ्गारिक मल बनाउने सामग्रीहरु वितरण गरिएको कारितास नेपालको सिनियर आइ.पि.एम टेक्निसियन टंक प्रसाद कट्टेलले जानकारी दिए । जसमा पिना, ब्रान्ड, वनमिल(हड्डिको धुलो), पोषण प्लस लगायतका सामग्रीहरु आइ.पि.एम कृषि सहकारी संस्थाका अध्यक्ष याम बहादुर राईलाई वितरण गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया