Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ५ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २७ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १ सय ८६ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ७३ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार २ सय १६ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट ३ लाख १९ हजार ७ सय ८६ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २२ हजार २ सय २८ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार ९ सय ३६ जना उपचाररत रहेका छन् । हालसम्म ५ सय २९ व्यक्तिहरु रेडजोनमा परेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ८ सय ४५ , प्रदेश २ मा ४ हजार ६ सय ३६, बागमती प्रदेशमा ८ सय ५९, गण्डकी प्रदेशमा १ हजार ३ सय ९३, प्रदेश ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यसैगरी हालसम्म भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ७ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोनाभाइरसबाट ४० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया