भिटामिन, मिनरल्सका पाइने भएकाले दुध पिइन्छ । तर आयुर्वेदको नियम अनुसार दुध सँथै केही खानेकुरा खानुहुँदैन ।
कागती, कटहरसँग दुध हानिकारकः
दुधसँग कागती, कटहर, करेला वा नुनको कहिले पनि सेवन गर्नुहुँदैन । दुधसँगै यी खानेकुराको सेवनले छालाको रोगजस्तै दाद, एलर्जी, सोराइसिसलगायत लाग्ने गर्दछ ।
दुधसँग दालः
दुधसँग मुँग, चनालगायतका लगभग सबै दालको सेवन गर्नुहुँदैन । यस्तै, गाजर, आलू, तेल, गुँद, मह, दही, नरिवल, लसुन, सबै नुनिलो खानेकुरा खानुहँदैन । यसबीच कम्तीमा दुई घण्टाको अन्तर आवश्यक छ । दुधसँगै दालको सेवनले हृदयघातको खतरा बढ्ने गर्छ ।
दुधसँग मूलाः
दुधलाई कहिले पनि अमिलो र नुनिलो खानेकुरासँग खानुहुँदैन । यसका साथै यदि कुनै खाद्य पदार्थमा मूला प्रयोग गरिएको छ भने यसलगत्तै दुध खानुहुँदैन । यस्तो गर्दा दुध विषाक्ता हुन्छ साथै छाला सम्बन्धि रोगको आशंका हुन्छ । मूलाबाट बनेको खानेकुरा खाँदा कम्तिमा दुई घण्टापछि मात्र दुध पिउनुहोस् ।
माछासँग दुधः
दुधसँग माछा खानुहुँदैन । यसो गर्दा ग्याँस, एलर्जी र छालासम्बन्धि रोग लाग्न सक्छ ।
फलफूल र दुधः
दुधसँग सुन्तलाजस्ता अमिलो फलफूलको सेवन गर्नुहुँदैन । ब्रत बस्दा मानिसहरु केरासँग दुध खान्छन् जुन गलत हो । केराले कफ बढाउँछ भने दुधले पनि कफ बढाउन सहयोग गर्दछ । दुबै खाँदा कफको मात्रामा वृद्धि हुन्छ र पाचनमा पनि असर पर्दछ ।  एजेन्सी

तपाईको प्रतिक्रिया

Comments