Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

अबि, १ भदौ,
रक्तवाहिनी नलीमा रक्तप्रवाह हुँदा नशाको भित्तामा पर्ने दवाब लाई रक्तचाप भनिन्छ । एउटा वयस्क र स्वस्थ्य व्यक्तिको शरीरमा यसको मापन गर्दा माथिल्लो अंक १२०र१२५ र तल्लो अंक ७५र८० देखिन्छ । माथिल्लोलाई सिस्टोलिक र तल्लोलाई डायस्टोलिक रक्तचाप भनिन्छ । यसलाई पारो (मर्करी)सँग तुलना गरेर मिलीमिटरमा नापिन्छ । मुटु खुम्चँदा रगत मुटुबाट बाहिर हुत्तिन्छ र त्यो बेला नशाको भित्तामा बढी दवाव पर्दछ जसलाई सिस्टोलिक भनिन्छ र मुटु फुक्दा रगत मुटु भित्र तानिन्छ र त्यो बेला नशाको भित्तामा सबैभन्दा कम दवाब पर्दछ, जसलाई डायस्टोलिक भनिन्छ ।

रक्तचाप लेख्दा शुरुमा सिस्टोलिक र पछि डायस्टोलिक लेखिन्छ । दुई रक्तचापका बीचमा छड्के धर्सोले छुट्ट्याइन्छ । यही हिसाबले सामान्य रक्तचाप लाई १२०र८० भनिएको हो । यदि रक्तचाप निरन्तर रूप मा १२०र८० भन्दा कम अर्थात् ९०र६० वा त्यो भन्दा कम भयो भने तेसलाई न्यून रक्तचापको समस्या का रूपमा हेरिन्छ । लामो समय देखि बिस्तारै कम हुँदै गएको भन्दा एक्कासि तल झरेको अवस्था चिन्तनीय हो ।

न्यून रक्तचाप अर्थात् हाइपोटेन्सनलाई प्रायजसो उच्च रक्तचाप लाई झैं गम्भीर समस्याका रूपमा हेरिँदैन । तर पनि निरन्तर रक्तचापमा न्यूनता हुनु र त्यसले दैनिक क्रियाकलापमा प्रभाव पार्नु एउटा गम्भीर समस्या हो ।

सानो उमेरमा रक्तचाप न्यून हुनु त्यति चिन्ताको विषय नभएपनि प्रौढावस्थामा रक्तचाप न्यून हुँदा मुटु, मस्तिष्क जस्ता शरीर का महत्त्वपूर्ण अङ्गहरुमा रगतको पर्याप्त आपूर्ति हुन सक्दैन र विभिन्न समस्या देखा पर्न थाल्छन् । रगत को आपूर्ति कमी हुनु भनेको अक्सिजनदेखि लिएर अन्य पोषक तत्त्वको आपूर्तिमा कमी हुनु हो ।

कारण

न्यून रक्तचाप हुनुका पछाडि मुटुको गम्भीर रोग वा फोक्सोको समस्या जिम्मेवार हुन सक्छ ।

शरीरमा रगतको कमी हुनुले पनि रक्तचापमा न्यूनता आउन सक्छ ।

डिहाइड्रेशन अर्थात् शरीरमा पानीको कमीले पनि रक्तचापमा कमी आउँछ ।

कुनै खाइरहेको औषधिको साइड इफेक्टले पनि रक्तचाप एक्कासि तल झर्न सक्छ ।

आन्तरिक रक्तस्राव, चिन्ता, डर आदि पनि न्यून रक्तचाप का लागि जिम्मेवार हुन सक्छन् ।

सुतेको बेलामा रक्तचाप कम हुन्छ ।

खाना खाएपछि पनि केही समय रक्तचाप कम हुने गर्छ ।

दिसापिसाब पश्चात् पनि रक्तचाप घट्ने गर्दछ ।

लक्षण

सामान्यतया हल्का न्यून रक्तचाप हुँदा लक्षणहरु देखिँदैनन् र त्यसलाई समस्याका रूपमा पनि हेरिँदैन तर रक्तचाप बढी नै न्यून हुन गयो भने केही लक्षणहरु देखिन सक्छन् . उच्च रक्तचाप भएकालाई लगातार टाउको दुख्ने (खास गरी पछाडिको भागमा), रिङ्गटा लाग्ने, चाँडै रिस उठ्ने, छाती दुख्ने, चक्कर लाग्ने, कान बज्ने, दृष्य धमिलिने, सास बढ्ने, निन्द्रा नलाग्ने, नाथ्री फुट्ने, सामान्य काम गर्दा पनि दम बढ्ने र विश्रामको अवस्थामा पनि मुटु ढुकढुक गरेको थाहा पाइने जस्ता लक्षण देखिन्छन् ।

चक्कर लाग्नु ।

टाउकोको पछिल्लो भाग गरुङ्गोृ भएको महसूस हुनु ।

हातगोडा चिसा हुनु ।

छाला को रंग रगत नभएको जस्तो देखिनु ।

छिटोछिटो तर सुस्त किसिम को श्वासप्रश्वास हुनु ।

अत्यधिक कमजोरीको अनुभव हुनु ।

आँखा अगाडी अँधेरो छाउनु वा धमिलो देख्नु ।

नाडी को गति छिटो हुनु ।

केही क्षण का लागि बेहोश जस्तो हुनु ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments