Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

काठमाडौँ, १९ असार २०८३ । सरकारले प्रा.डा.भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले त्रिविको उपकुलपतिमा प्रा।डा। थापालाई नियुक्त गर्ने तयारी गरेको स्रोतले बतायो । ‘उहाँलाई नै उपकुलपति नियुक्त गर्नेगरी शाहले फाइनल गरिसक्नु भएको छ । अब कुनै नाटकीय ट्वीस्ट नआए उहाँले नै नियुक्ति पत्र पाउनु हुन्छु, शिक्षा मन्त्रालय स्रोतले बतायो । सम्भवतस् आजै उपकुलपति नियुक्त गर्नेगरी तयारी भएको छ ।

सिफारिस समितिले प्रा.डा. थापासहित प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा. दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो । थापा यसअघि काठमाडौँ विश्वविद्यालयको उपकुलपति थिए ।

हाल त्रिविको निमित्त उपकुलपतिमा प्रा.डा. सुशील बज्राचार्यले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया