Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ३० जेठ २०७७ । कुवेतबाट ७ जना बालबालिकासहित १ सय ४९ जना नेपाली महिला कामदार शुक्रबार बिहान नेपाल आइपुगेका छन् । कुवेत सरकारले जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको उडानमार्फत उनीहरुलाई नेपाल पठाएको हो ।

उक्त जहाज शुक्रबार बिहान ११ बजेर २८ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । कुवेतले पठाएको यो तेश्रो उडान हो ।

जजिरा एयरलाइन्स कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ४ बजे उडेको थियो । गैरकानुनी रुपमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदारलाई कुवेत सरकारले पठाएको हो । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेको हो । यसको सबै खर्च कुवेतले नै बेहोरेको हो ।

कुवेतले शनिबारका लागि पनि थप दुई उडानका लागि अनुमति मागेको छ । यसअघि बिहीबार बिहान कुवेतबाट दुई वटा उडानमा गरी २ सय ६ जना नेपाली महिला कामदार नेपाल फर्किएका थिए ।कान्तिपुर

तपाईको प्रतिक्रिया