Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ३० जेठ २०७७ । स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले गोली चलाएर आत्महत्या गरेका छन् । बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बर बहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् ।

छाउनी अस्पतालका कार्यरत एक अधिकृतका अनुसार छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला आत्महत्या गरेका हुन् ।

आफ्नो साथमा रहेको एसएलआर चलाएर बिष्टले आफ्नो छातिमा एक राउण्ड गोली हानेका थिए । गोली लागेर भुँइमा ढलेका बिष्टको घटनास्थलमै मृत्यु भएको हो ।

बिष्टको दरबन्दी दुर्गाबक्स गण नारायणहिटी हो ।

तपाईको प्रतिक्रिया