Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ३० जेठ २०७७ । झापाको दमक–८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका ८ शनिश्चरे बजारस्थित सुर्तीहट्टीका १४ वर्षीय आयुष राईको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

एल्मुनियमको सामान लिएर साथीसँगै दमक गएका उनको सडक किनारमा रहेको बिजुलीको तारबाट करेन्ट लागेको थियो । गाडीबाट सामान झार्ने क्रममा एल्मुनियमको रडले बिजुलीको तारमा छोएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया