Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा

गौरादह, २८ जेठ । झापाको गौरादह नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गौरादह-९ बैगुन्धुराकी २२ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । उनि भारतको दिल्लीबाट आएर जनता माविको क्वारेन्टाइनमा बसेको गौरादह नगर स्वास्थ्य शाखा सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा रहेका २० जना, जनता मावि क्वारेन्टाइनमा रहेका १९ जना र १ जना स्वास्थ्यकर्मि सहित ४० जनाको स्वाब संकलन गरि मंगलबार पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो । जसमा आज (बुधबार) एक जना महिलाको रिपोर्ट पोजेटिभ आएको छ भने ३९ जनाको रिपोर्ट नेगेटिभ आएको श्रेष्ठले बताए ।

गौरादहमा यहि जेठ १४ गते पहिलो पटक २ पुरुषमा र जेठ २३ गते थप एक जनामा कोरोना संक्रमण देखिएको थियो यो सँगै गौरादहमा ३ पुरुष र १ महिला गरि ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै, गौरादह नगरपालिका वडा नं. ९ का कोरोना संक्रमित २६ वर्षिय पुरुष निको भई हिंजो नै घर फर्केका छन् । ति पुरुष कोभिड अस्पताल विराटनगर बाट डिस्चार्ज भएका हुन् । २ जनाको कोभिड अस्पताल विराटनगर र १ जनाको पूर्वाञ्चल विश्व विद्यालय गोठ गाउँ सुन्दर हरैंचाको आइसोलेसनमा उपचाररत रहेको गौरादह नगर स्वास्थ्य शाखा सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छन् ।

आज मात्रै झापाका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको नियमित प्रेस मिटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । जसमा गौरादहमा १ जना, मेचिनगरमा १ जना, कनकाई नगरपालिकामा ३ जनामा संक्रमण देखिएको हो ।

तपाईको प्रतिक्रिया