Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, २७ जेठ । लकडाउनमा संघीय र प्रदेश सरकारले निषेध गरेका व्यवसाय बाहेकका व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति झापाको कार्यालयमा आज भएको छलफलले बिहान ८ बजेदेखि २ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको हो ।

बजार पूर्ण रुपमा खुल्न नपाउने तर सरकारले तोकेका ४३ उधोगसँग सम्बन्धि व्यवसाय खुलाउन पाउने गरी निर्णय भएको छ । त्यसका लागि सबै वाणिज्य संघले स्थानीय तहसँग समन्वय गरेर सहमतिमा मात्रै व्यवसाय खुलाउन पाउने निर्णय भएको जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । व्यवसायीले सामाजिक दुरी कायम गरी, स्वास्थ्य सुरक्षाको व्यवस्थापनसहित पसल खोल्न पाउने निर्णय भएको पोर्तेलको भनाई छ ।

तत्काल वाणिज्य संघहरुले स्थानीय तहसँग समन्वय गरेर मात्रै पसल खोल्न पाउने भएपछि समय अनिश्चित भएको छ । कहिलेसम्ममा समन्वय सकिन्छ, त्यसपछि मात्रै व्यवसाय सञ्चालन हुने बुझिएको छ । त्यसका लागि जिसस उपप्रमुख मीना पराजुलीको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन समिति बनाइएको छ ।

यस्तै, १२ वर्ष मुनीमा बालबालिका, गर्भवति महिला , दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई बाहिर हिडडुलमा निषेध गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया