Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, २६ जेठ । झापाको गौरीगंज गाउँपालिकामा थप ७ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गौरीगंजमा कोरोना संक्रमण भएको १२ जना पुरूष पुगेको छ ।

विराटनगर स्थित कोशी अञ्चल अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा थ्रोट स्वावको परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गौरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्लाहारा घर भएका २२, ४१, २५, २०, ३१, १८, २२ बर्षिय पुरूषहरूमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
भारतको महाराष्ट्रबाट आई गौरीगंज गाउँपालिका वार्ड नं. ६ को खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेको १ जना र भारतको हरियाणाबाट आई खजुरगाछी माविको क्वारेन्टाइनमा रहेका मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गौरीगंज स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।

गौरीगंज आईपुगेका उनीहरूको जेठ २३ र २४ गते थ्रोट र नोजल स्वाबको नमुना संकलन गरी परिक्षणका लागि विराटनगर पठाईएको थियो ।

तपाईको प्रतिक्रिया