Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २६ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणको क्षेत्रमा मन्त्रालयले २६ जिल्लाको गरीब घर परिवार सर्भेक्षण गरी गरिब पहिचान गर्ने कार्य सम्पन्न भई परिचय पत्र वितरण गर्ने कार्य शुरु गरेको जानकारी दिएकी छन् ।

उनले २३ जिल्लाको सर्वेक्षण तथ्य पहिचानको काम अन्तिम चरणमा पुगेको र २८ जिल्लामा गरीब घर परिवार सर्वेक्षण गरी परिचय–पत्र वितरण गर्ने कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी कार्यक्रम तर्जुमा भएको जानकारी दिएकी हुन् ।

सोमबार मन्त्रालयको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री अर्यालले आगामी आर्थिक बर्षमा मन्त्रालयले गरीब लक्षित विशेष कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको भन्दै नेपाल सरकारमा विभिन्न विषयगत मन्त्रालयहरुबाट सञ्चालन हुने गरीब लक्षित कार्यक्रमहरु सञ्चालन गर्दा आफ्नो मन्त्रालयले छनौट गरेका गरीब घर परिवार र सो सम्बन्धी परिचय–पत्र प्राप्त परिवारहरुलाई प्राथमिकतामा राखी कार्य सञ्चालन गर्ने व्यवस्था गरिएको दावी गरिन् ।

उनले सांसदहरुले उठाएका प्रश्नहरुलाई मुख्यतया ७ वटा विषयको रुपमा ग्रहण गरेको भन्दै जवाफ दिएकी थिइन्
यस्ता छन् मन्त्री अर्यालका प्राथमिकता ः
(१)भूमिहिन, सुकुम्वासी, दलित, मुक्त कमैया, हलिया, हरवा चरवा, कम्लहरी, लगायत पिछडिएका र सीमान्तकृत वर्गको भूमि, भूमि श्रोतमा पहुँच पु¥याउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने

(२) भू–उपयोगलाई व्यवस्थित गरी उत्पादकत्व र आर्थिक वृद्धि हासिल गर्ने, जग्गालाई उपयोगबिहीन र बाँझो रहन नदिने

(३) सरकारी, सार्वजनिक, गुठी लगायतका जग्गाको व्यवस्थित लगत तयार गर्ने, त्यस्ता जग्गाको अतिक्रमण हुन नदिने र समुचित उपयोग सुनिश्चित गर्ने

(४) स्ववासी, गाउ ब्लक, बहाल बिटौरी, उखडा, बिर्ता लगायत दर्ता हुन छुट भएका र द्वन्द्वको क्रममा भूमिलगत नष्ट भएका जग्गाको आधुनिक प्रविधि मार्फत् शुद्ध, विश्वसनीय नाप जाँचगर्ने, जग्गा प्रशासनलाई सरल, सहज, पारदर्शी तुल्याई भू–सेवा केन्द्र मार्फत् अनलाईन प्रविधिबाट सेवा प्रवाह सुनिश्चित गरी सुशासनको अनुभूति दिलाउने,

(५) अन्तर्राष्ट्रिय सिमानाको शुद्ध नाप नक्सांकन, अभिलेख संरक्षण र व्यवस्थापन
(६) सहकारी क्षेत्रमा सुशासन कायम गरी सहकारीलाई उत्पादन वृद्धि, रोजगार सिर्जना र समृिद्धको साधनको रुपमा परिचालन गर्ने

(७) गरीब घर परिवार पहिचान गरी राज्य सुरक्षा परिचय–पत्र प्रदान गर्ने एवं गरीब लक्षित विशेष कार्यक्रमहरु सञ्चालन गरीगरिबी निवारण गर्ने रहेका छन् ।

तपाईको प्रतिक्रिया