Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

पोखरा, २६ जेठ । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अन्तर्गतको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले दिएको जानकारी अनुसार स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा आइतबार संक्रमण देखिएपछि उनलाई आइसोलेशनमा लगिएको थियो । आइसोलेशनमै उनको मृत्यु भएको सोमबार बिहान गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले जानकारी दिएका हुन् ।

नेपालमा अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । पोखरामा मृत्यु भएका स्याङ्जाका यी व्यक्ति तेस्रो हुन्, जो जीवितै रहँदा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अरु ११ जनाको भने मृत्युपछि मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया