बुधबार, चैत्र १५, २०७९
Wednesday, March 29, 2023

गौरादह, २४ जेठ गौरादह नगरपालिका वार्ड नं. ८ जुरोपानी तीन भिटा टोलका एक युवकको पौडी खेल्ने क्रममा पानीमा डुबेर आज दिउसो मृत्यु भएको छ । गौरादह नगरपालिका वार्ड नं. ८ भुडिसिमलमा निर्माण गरिएको किष्णे बाँधमा पौडी खेल्ने क्रममा वर्ष १९ को सागर कोईरालाको मृत्यु भएको हो।

जुरोपानीको तीन भिटा टोलका सागर संग बैराती गाउँका अन्य ४ जना पौडिखेल्न गएका थिए।दिउसो २ बजे बाँधमा पौडी खेल्ने क्रममा डुबेका थिए। बाँधमा मानिस डुबेपछि उनी संग पौडिखेल्न गएका साथिहरुले हल्ला खल्ला गरेका थिए।

सोहि स्थानमा रहेका अन्य ब्याक्तीहरुले खोजिगर्ने प्रयास गरेपनि निकाल्न असफल भएका थिए।बाँधमा जम्मा भएको पानी खोलेर घटाएपछि प्रहरी र स्थानीय बासिले खोजि गरेर ४ बजे तिर उनको मृतलास भेटिएको ईलाका प्रहरी कार्यलय गौरीगंजले जनाएको छ ।

तपाईको प्रतिक्रिया