Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

विराटनगर, २२ जेठ । भैंसीको भन्दै गाई काटेर मासु बिक्री गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

विराटनगर–१७ मा गाई काटेर भैंसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय सोहिल मियाँ छन् ।

प्रहरीले माुस काट्दै गरेको स्थानबाट १० किलो मासु पनि बरामद गरेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक दीपक थापाले जानकारी दिए । मासु काट्ने अन्य फरार छन् ।

‘हामी पुग्दा २–३ जना भागे,’ थापाले भने, ‘१० किलो जति गाईको मासु फेला परेको छ । एकजनालाई पक्राउ गरेका छौं ।’

बिहीबार बिहानको राति नै मासु काटेकाहरूले धेरै मासु भने भैंसीको भन्दै बिक्री गरिसकेका थिए । स्थानीयले सूचना दिएपछि पुगेको प्रहरीले मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

मियाँलाई पशुपन्छीसम्बन्धी कसुर ऐनको आधारमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको थापाले बताए ।

तपाईको प्रतिक्रिया