Online Bichar
सोमबार, मंसिर २५, २०८० | Monday, December 11, 2023

कमल, २१ जेठ । कमलनगर जेसीजले २०७७ सालको क्यालेण्डर विमोचन गरेको छ । कमल गाउँपालिका वडा नं. २ स्थित श्री ज्योति माध्यमिक विद्यालयको सभाहलमा एक कार्यक्रमका बिच क्यालेण्डर विमोचन गरेको हो ।

कमलनगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहालले कार्यक्रममा बोल्दै जेसीजका गतिविधि क्यालेण्डरको माध्यमबाट घरघरमा पुर्याउने लक्ष्यका साथ क्यालेण्डर प्रकाशन गरिएको बताएका छन् ।

सो अवसरमा सामाजिक दुरी कायम गरि उपस्थित सबैलाई मास्क र सेनिटाईजर समेत वितरण गरेको थियो । कार्यक्रममा दमक जेसीज वर्ष २०२० का अध्यक्ष जेसी कमल कट्वाल, गौरादह जेसीज वर्ष २०२० का अध्यक्ष तारा कुमार श्रेष्ठ, सतासी धाम जेसीज वर्ष २०२० का अध्यक्ष जेसी कुमार सिं साँवा, दमक जेसीजका पूर्व अध्यक्ष केशव अधिकारी, कमलनगर जेसीजका आजिवन मानार्थ सदस्य राजन बहादुर ढुंगाना, झापालि युनिटि क्लवका अध्यक्ष मोहनसिं बस्नेत र सम्पूर्ण जेसीज पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कमलनगर जेसीज बर्ष २०१८ का अध्यक्ष केदार कटुवालले यो विषम परिस्थितिमा पनि कमलनगर जेसीजले कमल गाउँपालिकाको क्वारेन्टाइनमा १० बेड प्रदान, कोरोना सम्बन्धी रेडियोबाट सचेतनात्मक संदेश प्रशारण, माइकिङ्ग तथा पोस्टर, पम्प्लेट वितरण गरी उदाहरणीय कार्य गरेको बताए । त्यस्तैगरी सबै शाखा अध्यक्षहरुले यो विषम परिस्थितीमा पनि क्यालेण्डर वितरण गरेकोमा कमलनगर जेसीज प्रति बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका वर्ष १०१७ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर प्रकाश प्रसाद अधिकारीले यस विषम परिस्थितीमा कमलनगर जेसीजले गरेका सम्पुर्ण क्रियाकलापहरु राष्ट्रिय स्तरमा गर्व गर्न र उदाहरण दिन योग्य भएको भन्दै कमलनगर जेसीजको प्रशंसा गर्नुभयो । कार्यक्रममा कमल गाउँपालिका वडा नं. २ की महिला सदस्य तथा श्री ज्योति मा.वि.की वि.व्य.स अध्यक्ष देवका थापा न्यौपानेले विशिष्ठ अतिथिको रुपमा अतिथ्यता ग्रहण गरेकी थिइन् ।

कार्यक्रमको समापनमा मन्तव्य दिदै कमलनगर जेसीजका वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहालले क्यालेण्डर निमार्णमा महत्वपूर्ण भूमिका निमार्ण गर्ने कमलनगर जेसीज वर्ष २०२० का उपाध्यक्ष तथा क्यालेण्डर निमार्ण संयोजक जेसी महेश भण्डारीको टिमलाई धन्यवाद व्यक्त गर्दै यस विषम परिस्थितिमा कोरोनाबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं भन्ने सन्देश दिएका थिए ।

तपाईको प्रतिक्रिया