Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

अनलाइनविचार संवाददाता

गौरादह, २० जेठ । कोरोना भाइरसको महामारी फैलिएको बेला यस जोखिम परिस्थितिमा विद्यार्थी भाइबहिनिहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गौरादह जेसीजले अनलाईन नगर स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्व कला प्रतियोगिता सुरु गर्न लागेको छ ।

लकडाउनको समयमा घरमा खालि बसिरहेका विद्यार्थी भाइबहिनिहरुको हौसला बढाउन र उनिहरुको बौद्धिक क्षमतामा वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले पनि गौरादह जेसीसले अनलाइन वक्तृत्व कलाको आयोजना गर्न लागिएको गौरादह जेसीजका अध्यक्ष तारा कुमार श्रेष्ठले बताएका छन् ।

“कोरोना रोकथाम र नियन्त्रणमा विद्यार्थी भूमिका”  विषयमा वक्तृत्वकला प्रतियोगिता गरिन लागिएको हो । वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रत्येक विद्यालयबाट बढीमा ३ जना विद्यार्थीमा एक छात्रा अनिवार्य सहभागी हुनुपर्ने, प्रतियोगितामा कुनै किसिमको सम्बोधन गर्नु नपर्ने जनाइएको छ । बढीमा ३ मिनेटको भिडियो बनाइ गौरादह जेसिजको इमेल ठेगाना [email protected] मा पठाउनु पर्ने, भिडियो यहि जेठ २८ गते सम्ममा पठाइसक्नुपर्ने छ ।

यस्तै, सबै भिडियो बाट टप टेन प्रतियोगीहरु जेठ ३१ गते छनौट गरिने र छनौट भएका टप टेन प्रतियोगीहरुलाई नयाँ शिर्षक प्रदान गरिने जनाएको छ । टप टेन बाट पनि ३ जना प्रतियोगिहरु छनौट गरिने र छनौट प्रक्रिया निर्णायकहरुको निर्णय र भोटिङ लाइन बाट गरिने गौरादह जेसीज अध्यक्ष तारा कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्रको समेत व्यवस्था गरिने जनाएको छ । विद्यालयले यहि जेठ २० देखि २५ गते शुक्रबार बेलुकी ५ बजे सम्ममा विद्यार्थीहरुको नाम दर्ता गराई सक्नुपर्ने छ । यस्तै, प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः २५००, १५०० र १००० नगद पुरस्कार का साथै प्रमाण पत्रको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया