Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

अनलाइनविचार संवाददाता

गौरादह, १८ जेठ । गौरादहमा २० जनाको पीसीआर परीक्षणका लागि पठाइएकोमा उनिहरुको रिपोर्ट नेगेटिभ आएको छ । गौरादह नगरपालिकाबाट यहि जेठ १५ गते स्वास्थ्यकर्मी र ड्राइभर गरि २० जनाको पीसीआर परीक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो ।

गौरादहमा दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टी भएसँगै संक्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मी र ड्राइभरकोे स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि पठाइएकोमा आज रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया