Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, १८ जेठ । झापामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप चारजनामा संक्रमण पुष्टि भएको हो । यस्तै, मोरङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित सबै भारतबाट आएकाहरु हुन । गौरीगञ्ज गाउँपालिका – ६ मा रहेको प्राथमिक स्वास्थ्य चौकीमा बसिरहेका ५१ मध्ये ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्राथमिक स्वास्थ्य निरिक्षक रामचन्द्र मिश्रले जानकारी दिए ।

विराटनगर– १२ मा एकजनालाई कोरोना संक्रमण पुष्टि महिला पनि भारतबाट आएको विराटनगर महानरगपालिका – १२ का अध्यक्ष हिरालाल कामतले बताए ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६५ पुगेको छ ।

संक्रमित मध्ये सबैभन्दा बढी झापामा १११ जना छन । ती मध्ये एकसय जना झापाको कचनकवल गाउँपालिकाका हुन ।

संक्रमित मध्ये ३० जना उपचार पछि फर्किएका छन् ।

तपाईको प्रतिक्रिया