Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, १८ जेठ । आगामी २४ घण्टा देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमबिद्हरुले अपिल गरेका छन् ।

आज देशभर सामान्य बदली रहि देशका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । भोलि र पर्सि पनि पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने नेपालको पूर्वी भू(भाग नजिकै न्यून चापीय रेखा रहेको छ । स्थानीय वायुको प्रभाव पनि कायमै रहेकाले पानी परिरहेको मौसमबिद्हरुको भनाई छ ।

तपाईको प्रतिक्रिया