Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

दैलेख, १७ जेठ । क्वारेन्टाइनमा बसेका एक युवकको शनिबार बिहान मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका–७ मा रहेको विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको हो ।

बिहान चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा एक्कासी बेहोस भएका थापाको केही बेरमा मृत्यु भएको बताइएको छ ।

उनी १२ दिनअघि भारतबाट आएका थिए । क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा दुई दिनअघि पठाइसकेको छ ।

यसैगरी दैलेखको नारायण नगरपालिकामा थप १४ जनामा कोराना पोजेटिभ देखिएको छ ।

१७ देखि ५० वर्ष उमेर समूहका मानिसहरुलाई कोराना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए ।

उनीहरु सबै भारतबाट आएका हुन् । दैलेखमा कोरोना पुष्टि हुनेको संख्या ३० पुगेको छ ।

गएको १० दिनमा भारतबाट आएका झण्डै १४ हजार जनालाई दैलेखका विभिन्न विद्यालयहरुमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

दैनिक हजारौंको संख्यामा भारतबाट आउन थालेपछि क्वारेन्टाइनको व्यवस्थापनमा समस्या भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया