Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १६ जेठ २०७७ । सरकारले लकडाउनका अवस्थामा भारतबाट जमिनमार्ग हूँदै स्वदेश फर्कनका लागी २० नाका तोकेको छ ।

कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले २० वटा नाका तोकेको हो।

सरकारले तोकेका २० नाकामा स्वास्थ्यकर्मी तथा अन्य व्यवस्थापनका लागि समेत तयारी तिब्र पारिएको छ । जसमा पशुपतिनगर(इलाम), काकडभिट्टा(झापा), रानी(मोरङ), कुनौली(सप्तरी), ठाडी(सिराहा), माडर(सिराहा), भिट्टामोड(महोत्तरी), मंगलवा (सर्लाही), गौर(रौतहट), वीरगञ्ज(पर्सा), महेशपुर(बारा), बेलहिया (रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर(बर्दिया), गौरीफन्टा (कैलाली), गड्डाचौकी(कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुला रहेको छ ।

भारत हुँदै आउने तेस्रो मुलकका नागरिकहरु भने नेपाल प्रवेश पाउने छैनन् । लकडाउन अघि नै तेस्रो मुलुकका नागरिकका लागि रोकेको सरकारले उनीहरु अनिश्चितकालका लागि बाटो बन्द गरेको हो । यी नाकाहरु तत्कालै सबै व्यवस्थासहित संचालनमा ल्याउन लागिएको हो ।

तपाईको प्रतिक्रिया