Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ,१६ जेठ २०७७ । डडेल्धुरामा सरकारी कर्मचारीले नै वडाअध्यक्षमाथि हातपात गरेका छन् । बिहीबार राति डडेल्धुराको अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्टमाथि हातपात भएको हो ।

बुडाली घर भएका र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा खाएर वडाध्यक्ष भट्टमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।

भारतबाट आएका व्यक्तिहरूलाई रेडक्रसको भवनमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको समयमा वडाअध्यक्ष भट्टमाथि हातपात भएको हो ।

भारतबाट आएका ७२ जना बस्ने ठाउँ नभएर बाहिर बसिरहेपछि रेडक्रसको भवनमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरि आएका ऐरले गालीगलौचसहित हातपात गरेको वडाअध्यक्ष भट्टको दावी छ ।

तपाईको प्रतिक्रिया