Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

अनलाइनविचार संवाददाता

गौरादह, १६ जेठ । गौरादह नगरपालिका भित्र भारत लगायत विभिन्न ठाउँबाट नागरिकहरु आउने क्रम जारी रहेको छ । बिहिबार(हिंजो) दिउँसो गौरादह नगरपालिका-१ गौचरनका ३६ वर्षिय पुरुष जो भारतबाट आएका थिए यस्तै बेलुकी वार्ड नं. ३ का १५ वर्षिय युवक काठ्माडौंबाट र अर्का वार्ड नं. ६ का २१ वर्षिय पुरुष जो भारतको विहारबाट आएका थिए ।

उनिहरुको उद्दार गरि ल्याएर गौरादह कृषि क्याम्पसको क्वारेन्टाइनमा राखिएको र अहिलेसम्म त्यहाँ बस्नेको संख्या ८ पुगेको गौरादह नगरपालिका नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छन् । आज पनि केहि व्यक्तिहरु आउन सक्ने श्रेष्ठले बताएका छन् । गौरादहमा भारत लगायत अन्य ठाउँबाट आउने मानिसको संख्या बढेसँगै हालसम्म नगरपालिकाले गौरादह कृषि क्याम्पस, बैगुन्धुरा अमर मा.वि र महारानीझोडा स्कुलचौन मा.वि. मा क्वारेन्टाइन स्थापना गरिसकेको छ । आजबाट थप गौरादह जनता मा.वि मा पनि ३० बेडको क्षमता भएको क्वारेन्टाइन निर्माणको तयारी भइरहेको श्रेष्ठले बताए ।

यस्तै, गौरादहमा दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएपछि उनिहरुकोे सम्पर्कमा आएका स्वास्थ्यकर्मी र ड्राइभर गरि २० जनाकोे स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि हिंजो नै जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइसकेको छ । संक्रमितको सम्पर्कमा आएपछि आशंका गर्दै उनिहरुको पनि स्वाब संकलन गरि परीक्षण का लागि पठाइसकेको र रिपोर्ट १८ गतेसम्म आइपुग्ने गौरादह नगर स्वास्थ्य शाखा संयोजक पर्शुराम भट्टराईले जानकारी दिएका छन् । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनिहरु सुरक्षितका साथ होम क्वारेन्टाइनमा बसिरहेको भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया