Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

विराटनगर, १५ जेठ २०७७ । मोरङको बेलबारीका एक युवाले बिहीबार सामान्य विवादमा आफ्नै आमाको हत्या गरी आत्महत्या गरेका छन् ।

बेलबारी नगरपालिका ४ बुधबारेका ३० वर्षीय जीवनबहादुर लिम्बूले आमा ५५ वर्षीया देवीकुमारीलाई हत्या गरी आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक विश्‍व अधिकारीका अनुनसार जीवनले देवीकुमारीको टाउको र निधारमा छुरी प्रहार गरेर हत्या गरेका हुन् । आमाको हत्यापछि सोही छुरीले आफ्नो घाँटी र पेटमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा भेटिएको जीवनको सामुदायिक अस्पताल बेलबारीमा उपचारको क्रममा मृत्यु भएको हो । खाना खाने विषयमा भएको विवादमा उनले आमालाई छुरी हानेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार जीवन लागूऔषध प्रयोगकर्ता हुन् । हत्या र आत्महत्याको कारण लागूऔषध रहेको पाइएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया