Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

मुख्य समाचार
काठमाडौं, १५ जेठ २०७७। सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणमा दैलेखमा ८ जना कोरोना संक्रमित पुष्टी भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ सय ९० पुगेको छ ।

संक्रमित हुनेमा सुर्खेतका नारायण नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।

यसअघि दैलेखको आठबीसकोटमा एकजना, ढुङ्गेश्वर नगरपालिकामा ३ जना र नारायण नगरपालिका र गुराँस गाउँपालिकामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेो छ । यो सँगै आज कोरोना पुष्टी हुनेको संख्या ८८ पुगेको छ भने नेपालमा संक्रमितको संख्या ९ सय ९० पुगेको छ ।

तपाईको प्रतिक्रिया