Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

अनलाइनविचार संवाददाता

गौरादह, १५ जेठ । गौरादहमा दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टी भएसँगै संक्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मी र ड्राइभरकोे स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि पठाउने तयारीे गरिएको छ । संक्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मी र ड्राइभर गरि २० जनाको पीसीआर परीक्षण गर्न लागिएको गौरादह नगर स्वास्थ्य शाखा संयोजक पर्शुराम भट्टराईले जानकारी दिएका छन् ।

गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकी क्वारेन्टाइनमा रहेकाहरुको हिंजो २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । बाँकी १८ जनाको भने हिंजो राती ११ बजेतिर रिपोर्ट नेगेटिभ आएको भएपनि अबको ७ दिनपछि पुनः ति व्यक्तिहरुको पीसीआर परीक्षणका लागि पठाइने गौरादह नगर स्वास्थ्य शाखा संयोजक पर्शुराम भट्टराईले जानकारी दिएका छन् । उनिहरु दुुवैजना बैगुन्धुरा-९ का ४१ र २६ वर्षिय पुरुष रहेका छन् । उनिहरु भारतको सिक्किम र युपिबाट सिमानाकाबाट आएका थिए, नगरपालिकाले त्यहीँबाट उद्दार गरेर गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको थियो ।

यसैक्रममा हिंजो बेलुकी ५ जना नागरिकहरुलाई ल्याएर गौरादह-१ कृषि क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । जो गौरादह नगरपालिका वार्ड नं. ५ का २९ वर्षिय आमा, ११ र ७ वर्षिय दुई छोरीहरु रहेका छन् । उनिहरु भारतको पुर्णिया हुँदै दामुना आउने क्रममा त्यहीँबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । यस्तै, ६ र १ नं. वार्डका १/१ जना पुरुष जो गोरखपुरबाट जोगबनी नाकाहुँदै आएकोमा दमकको ताराबारीबाट दुईजनालाई उद्दार गरेर गौरादह कृषि क्याम्पसमा ल्याएर राखिएको श्रेष्ठले बताए ।

यस्तैै, गौरादहमा पहिलोपटक दुईजनामा कोरोना संक्रमण भेटिएपछी हालसम्म नगरपालिकाले गौरादह कृषि क्याम्पस, बैगुन्धुराको अमर मा.वि र महारानीझोडा स्कुलचौन मा.वि मा क्वारेन्टाइन स्थापना गरिसकेको गौरादह नगर स्वास्थ्य शाखा संयोजक पर्शुराम भट्टराईले जानकारी दिएका छन् । आज पनि भारतबाट थप नागरीक ल्याइने संयोजक भट्टराईले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया