Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

अनलाइनविचार संवाददाता

गौरादह, १४ जेठ । झापाको गौरादहमा आज (बुधबार) कोरोना संक्रमण पुष्टी भएका दुई पुरुष केही दिनअघि मात्रै भारतबाट आएका थिए । दुई मध्ये एकजना भारतको सिक्किम बाट र अर्का एकजना युपि विहार बाट आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छन् ।

उनिहरुलाई नगरपालिकाले सिमा नाकाबाट ल्याएर गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकी क्वारेन्टाइनमा राखेको थियो । जेठ ११ गते २० जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएकोमा आज २ जनाको रिपोर्ट पोजेटिभ आएको र बाँकी १८ जनाको रिपोर्ट आउन बाँकी रहेको श्रेष्ठले जानकारी दिएका छन् । ति दुई संक्रमित गौरादह-९ बैगुन्धुराका ४१ र २६ वर्षिय पुरुष रहेका छन् । दुई जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया