Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, १४ जेठ । नेपाल सरकारले तीन दिन साँझ दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ । मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णयअनुसार यहि जेठ १४,१५ र १६ गते संघ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, आम नागरिक एव् विदेशस्थित नेपाली राजदूतावास नियोग तथा बाणिज्य दूतावासहरुमा तीन दिन साँझ दिपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

गृहमन्त्रालयले बुधबार मन्त्रिपरिषदको निर्णयअनुसार सोही बमोजिम गर्नु गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरेको छ । यसअघि खुलामञ्चमा विशेष कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै आएपनि यो वर्ष कोरोना भाइरसका कारण विगतका जसरी यो दिवस मनाउन नसकिने सरकारले जनाएको छ ।

२०६५ साल जेठ १५ गते संसदबाट आधिकारिक रुपमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गरिएको थियो । सोही दिनको सम्झनामा जेठ १५ गतेलाई सरकारले गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया