Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

अनलाइनविचार संवाददाता
गौरादह, १४ जेठ । झापाको गौरादहमा २ जनामा कोरोना संक्रमण पुष्टी भए पश्चात दुवै संक्रमितलाई विराटनगरको कोशी कोभिड-१९ अस्पताल पुर्याइएको छ । गौरादह-९ बैगुन्धुराका ४१ र २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

उनिहरु दुुवैजनालाई भारतबाट ल्याएर गौरादह नगरपालिका -७ ग्वालडुब्बाको  जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट ल्याइएका उनिहरु सँगै जेठ ११ गते २० जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएकोमा २ जनाको रिपोर्ट भने, पोजेटिभ आएको स्रोतले जनाएको छ ।

संक्रमित दुवै जनालाई महारानीझोडाको स्वास्थ्य चौकीको एम्बुलेन्सबाट विराटनगरको कोशी कोभिड-१९ अस्पताल पठाइसकेको गौरादह नगर स्वास्थ्य शाखा संयोजक पर्शुराम भट्टराईले अनलाइनविचारलाई जानकारी दिएका छन् ।

गौरादहमा पहिलो पटक सङ्क्रमित भेटिएको हो ।

तपाईको प्रतिक्रिया